सर्वोच्च अदालतका नवनियुक्ति न्यायाधीशद्वारा शपथ ग्रहण


काठमाडौँ,(रासस), पुस ५ गते ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले नवनियुक्त न्यायाधीशहरु सारङ्गा सुवेदी, अब्दुल अजिज मुस्लिम, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । उहाँहरुलाई राष्ट्रपति पौडेलले बुधबार न्यायाधीशमा नियुक्त गर्नुभएको थियो ।

संसदीय सुनुवाइ समितिको बुधबारको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन गरेको हो । उहाँहरुको संसदीय सुनुवाइ यही जनवरी २९ र जनवरी १ र २ मा भएको थियो । मंसिर ५ गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका लागि रिक्त रहेका ६ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको