सिरुघारीमा मानव कङ्काल फेला


नवलपुर (रासस), पुस ५ गते ।

नवलपरासी (बर्दघाट–सुस्तापुर)को कावासोती–१७ बरौलीस्थित सिरुघारीमा मानव कंकाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सजनकुमार शर्माले मुस्कान होटल पछाडिको खेतमा रहेको शिरुको झाडीमा मानव कंकाल फेला परेको जानकारी दिनुभयो ।

माथि सेतो शर्ट र मुनि कालो कपडा बेरेको अवस्थामा बुधबार कङ्काल फेला परेको उहाँले बताउनुभयो । शर्टको खल्तीमा लाइटर र एक जोडी चप्पल पनि नजिकै फेला परेकाले कंकाल महिलाको हो वा पुरुषको हो भन्ने खुल्न नसके पनि कङ्काल हुन सक्ने भन्दै अनुसन्धान अघि बढाइएको थियो ।

फेला परेको कङ्कालको हत्या गरी फालिएको हो वा आत्महत्या हो भन्ने खुल्न सकेको छैन । जंगलभित्रको होटल विगत सात आठ महिनादेखि बन्द रहेको प्रहरीले जनाएको छ । यहाँ चहलपहल कम भएकाले लामो समयपछि घटना बाहिर आएको हो ।

घटनास्थल नजिकैको रुखमा डोरी फेला परेको र सोही डोरीबाट शव खसेपछि कुकुर वा स्यालले तानेको र स्थानीयलाई थाहा भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हाल मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको र डिएनए परीक्षणका लागि काठमाडौं पठाइने सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको