धेरै खेल्न बन्द गरि , पढ्ने राख इच्छा
किनभने नजिक नजिक , आउदैछ है परिक्षा ।
परिक्षाको बेला खेल्ने , सामान छुनु हुन्न
सफा अक्षर लेख्नु पर्छ , फेल हुनु हुन्न ।
मोबाईल टिभि छुन छोडि , पढ्ने गर्नु पर्छ
सबै जना परिक्षा मा , पास हुनु पर्छ ।
जंक फुड खानु हुन्न , घरकै खाना खाउ
पास मात्र होइन सबले , राम्रो नम्बर ल्याउ ।
जंक फुड खायौ भने , बिरामी तिमी हुन्छौं
तिमी बिरामी भयौ भने , परिक्षा कसरी दिन्छौ ।
त्यसैले . परिक्षामा सहभागी , हुनु पर्छ सबै
भोलि भनि छोडने होइन , पढ्न थाल आजै ।
आजै देखि अहिल्यै देखि , पढ्न थाल तिमी
राम्रो अंक आयो भने , खुसी . हुन्छ्न बाबाममि
दिदी दाजु सबै खुसी , खुसी शिक्षक पनि
दुक्ख लाग्छ फेल हुनेलाइ , पढ्छन तिनर अनि ।
प्रथम द्वितीय भयौ भने , पुरस्कार पाउछौ
मैले पुरस्कार जिते भन्दै , सबैलाइ देखाउछौ
फेल हुने हरु लाई नि , कति. नरमाइलो लाग्ला
तिम्रो खुसी देखेर , तिनीहरुलाई . पढ्ने इच्छा जाग्ला ।
त्यसैले . भोलि पढ्छु न भनी , आजै सुरु गर
टिभि , मोबाईल , खेल्कुद , सबै बन्द गर
पढ्न मन न लागे नि , जगाउ इच्छा भावना
आउदै गरेको परिक्षाको , तिमिहरु सबै लाई सुभकामना ।









