पैदल यात्रीलाई साहारा बन्दै बर्दिवास नगरपालिका : सार्वजनिक स्थानमा आगो बाल्ने अभियान सुरु


२५ पुस,बर्दिवास । बर्दिवास नगरपालिकाले कठांग्रिदो जाडोमा आगो ताप्नका लागि दाउराको व्यावस्था गरेको छ । बढ्दै गएको चिसो र शीतलहरको समेत जोखिम रहेकोले सार्वजनिक स्थानमा आगो बाल्नका लागि दाउरा वितरण गरेको हो ।
बर्दिवास नगरपालिकाको पहलमा मान्छेहरुको बढी जमघट हुने सार्वजनिक स्थानहरुमा आगो बाल्नका लागि दाउरा वितरण कार्य एक साता देखि सुरु गरेका हुन ।


पालिकाको मुख्य स्थानहरुमा नगरका कर्मचारी आफैले गएर आगो समेत बालेका छन ।
नगरपालिकाको मुख्य चौक बर्दिवास बजार,खैरमारा बजार, विजलपुुरा बजार, पशुपनिगर बजार, हनुमान चौक,प्रेमनगर बजार लगाय नगरपालिका ग्रामिन स्थानहरुमा न्यानोका लागि दाउरा वितरण गरेका हुन ।


केही दिनदेखि बढेको चिसोले जनजीवत प्रभावित हुदै गएकोले चिसोबाट जोगाउनका लागि दाउरा र न्यानो कपडा वितरण अभियानलाई निरन्तरता दिदै मेयर बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुुमार क्षेत्रीले भने, बर्दिवास नगरपालिकाका कुुनै पनि जन्ताले चिसोका कारण न्यानो वाट बन्चि हुनुहुदै र यसका लागि नगरले आपत्कालीन राहत योजना बनाएका बताए ।

मेयर क्षेत्रीका अनुुसार बर्दिवास नगरपालिकामा यस अघि पनि बिभिन्न स्थानहरुमा न्यानोका लागि दाउरा,कपडा यहाँका नेपाल रेड क्रस बर्दिवास शाखा मार्फत वितरण गरिएका थिए । बर्दिवास नगरपालिकामा विभिन्न स्थानहरुमा जाडोको कारण नगरका कुुनै पनि जनतालाई सहयोग गर्नु परेका हामी पछाडी पर्ने छैनो र यस अभियानका बर्दिवास नगरपालिकामा संचालित एनजियो आएनजियोलाई सहयोग गर्न आग्रह गरेका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको