पुस १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बर्दिबास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्री बालुवाटार पुगेका छन् ।
भेटघाट कार्यक्रममा बर्दिबास नगरपलिकको प्रमुख समस्या बर्दिबास मेडिकल कलेजको विषय,पालिका अन्तर्गत नगरस्तरिय अस्पतालको स्तर उन्नति , बर्दिबासको प्रमुख समस्या रेल्बेको जग्गा मुआब्जा, भुमिहिन सुकुम्बासी अ अवस्थित जग्गा लालपुर्जा बारेमा मेयर क्षेत्रीले प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण गराउनु भएको हो ।
कार्यक्रम मधेस प्रदेशको गृह तथा सञ्चार मन्त्री भारत प्रसाद साह,नेकपा माओवाद केन्द्रका प्रदेश कमिटी सदस्य अनिल बस्नेत र बर्दिबास नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बिराट बिस्ट लगायतका नेताहरु सहभागी भएक थिए ।
बर्दिबास नगरपालिकाको समस्या बारे छिटै अध्यन गरि यी समस्याहरु छिटैनै समाधान हुने मेयर क्षेत्रीलाई प्रधानमन्त्री दाहालले आश्वासन दिनुभएको बर्दिबास नगर पालिकाका मेयर क्षेत्रीको सचिवालयले जानकारी गराएका हुन ।










