धनुषामा २० वर्षीया विवाहित महिला मृत फेला


धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वरमा एक विवाहित महिला शंकास्पद अवस्थामा मृत फेला परेकी छन्।

स्थानीय विनोद दासकी २० वर्षीया पत्नी प्रियंका दास आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मृतकका आफन्तका अनुसार आइतबार साँझ प्रियंकालाई आफ्नै सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा देखेपछि उनका श्रीमान् विनोदले पासो खोलेर शवलाई ओछ्यानमा राखेका थिए।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी कपिलेश्वरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनापछि स्थानीयवासीले रातिसम्म घरअगाडि भेला भएर विरोध प्रदर्शन गरेका थिए। उनीहरूले प्रियंकाको हत्या भएको आशंका गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

प्रदर्शनमा सहभागी स्थानीयले घटनास्थल पत्रकारलाई समेत अवलोकन गर्न दिनुपर्ने माग गर्दै प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालले प्रहरी घटनास्थलमा पुगेर शवको मुचुल्का उठाउने तथा घटनाबारे अनुसन्धान अघि बढाएको जानकारी दिए। प्रारम्भिक सोधपुछका लागि मृतकका श्रीमान् विनोदलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले बताए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको