काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल को ओटीटीतर्फको प्रसारण अधिकार नेटटीभीले पाएको छ।
नेपाल क्रिकेट संघ ९क्यान० को कार्यालयमा सोमबार खोलिएको बोलपत्रमा सबैभन्दा बढी रकम कबुल गरेपछि नेटटीभीले एनपीएलको ओटीटी प्रसारण अधिकार सुरक्षित गरेको हो।
नेटटीभीले १८ करोड ४ लाख रुपैयाँ ९करबाहेक० कबुल गरेको थियो। प्रतिस्पर्धी डीगो स्ट्रिमले भने १७ करोड रुपैयाँ ९करबाहेक० को प्रस्ताव गरेको थियो।
एनपीएलको ओटीटी प्रसारण अधिकारका लागि नेटटीभी र डीगो स्ट्रिम गरी दुई कम्पनीले मात्रै बोलपत्र पेश गरेका थिए। नेटटीभीमा वर्ल्डलिंकको लगानी छ भने डीगो स्ट्रिममा डीशहोमको लगानी रहेको छ।
नेटटीभीका प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारीले आफ्नो कम्पनीले सबैभन्दा बढी रकम कबुल गरेको र प्रसारण अधिकार प्राप्त भएको पुष्टि गरेका छन्।
उनका अनुसार क्यानले आवश्यक प्रक्रिया पूरा गरेपछि इमेलमार्फत औपचारिक रूपमा प्रसारण अधिकारको पुष्टि गर्नेछ।onlinekhabar









