धान रोप्ने क्रममा चट्याङ पर्दा पर्सामा सात महिला घाइते, एकको अवस्था गम्भीर


पर्सा।  पर्साको पकहामैनपुर गाउँपालिका-१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते भएका छन्।

प्रहरीका अनुसार वर्षासँगै परेको चट्याङका कारण स्थानीय शान्तिदेवी सहनी, राधिका देवी सहनी, रिता देवी सहनी, कुश्मी देवी सहनी, सन्ध्या देवी, प्रमिला सहनी र संगीता देवी घाइते भएका हुन्।

घाइतेमध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जनाको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको