चीन नाकाबाट अवैध भेप भित्र्याउँदै सात जना पक्राउ


२ जेठ,काठमाडौँ ।  भोटेकोशी गाउँपालिका क्षेत्रमा ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएको भेपसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोदारीबाट खटिएको टोलीले विशेष चेकजाँचका क्रममा करिब ५६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका १ हजार ६२० थान भेप बरामद गरेको जनाएको छ। उक्त सामग्री चीनतर्फबाट लुकाइछिपाइ नेपाल भित्र्याइँदै गरेको अवस्थामा फेला परेको हो।

प्रहरीका अनुसार भेपहरू विभिन्न कार्टुनमा प्याक गरी बोराले छोपेर भित्रि बाटो प्रयोग गर्दै ल्याइँदै थियो। घटनापछि संलग्न सात जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ। पक्राउ परेकामध्ये केही स्थानीय बासिन्दा रहेका छन्।

हाल बरामद सामग्री र पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय कोदारी मा राखिएको प्रहरीले जनाएको छ।

यसैबीच, नेपाल–चीन सीमास्थित तातोपानी नाका बाट पछिल्लो समय खाद्य सामग्री तथा अनुमति नलिइएका वस्तु आयातमा कडाइ गरिएको छ। भन्सार र क्वारेन्टाइनसम्बन्धी नियम कडा बनाएपछि सीमावर्ती क्षेत्रमा हुने सानो परिमाणको आयात–व्यापार समेत प्रभावित भएको स्थानीयले बताएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको