ढल्केबरमा फार्मेसीबाट लागूऔषध बरामद, सञ्चालकसहित चार पक्राउ


ढल्केबर, धनुषा। ढल्केबर मा सञ्चालन हुँदै आएको एक औषधि पसलबाट ठूलो परिमाणमा लागूऔषध फेला परेपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार रामकुमार महतो (५०) लाई ‘निको फार्मेसी’बाट लागूऔषधसहित नियन्त्रणमा लिइएको हो। छापामार कारबाहीका क्रममा टापेन्टा ट्याब्लेट ४६० पत्ता, स्पासरेस्ट ९५ पत्ता, डोवेल ६० पत्ता तथा नगद १ लाख ३५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

यसअघि मिथिला नगरपालिका-१० रातोपुल क्षेत्रबाट बर्दिबासतर्फ जाँदै गरेका तीन युवामाथि शंका लागेर चेकजाँच गर्दा उनीहरूबाट टापेन्टा लागूऔषध फेला परेको थियो। पक्राउ पर्नेमा साजन परियार, दोर्जे लामा र दीपेश साह रहेका छन्।

ती युवासँगको सोधपुछपछि उक्त फार्मेसीमार्फत लागूऔषध कारोबार भइरहेको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि गरिएको थप अनुसन्धान र छापामार कारबाहीबाट सञ्चालक महतो पक्राउ परेका हुन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको