‘सबैका लागि हामी’द्वारा आयोजित स्वास्थ्य शिविरमा ३०० बढी लाभान्वित


महोत्तरी। सबैका लागि हामी संस्था को तेस्रो वार्षिकोत्सवको अवसरमा बर्दिबास नगरपालिका-५ मा आयोजना गरिएको बृहत निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

“सबैका लागि हामी : सबैका लागि स्वास्थ्य” भन्ने मूल उद्देश्यसहित बर्दिबास नगरपालिका-५ स्थित श्री सेम नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, ढुङ्ग्रे गढन्तामा सञ्चालन गरिएको शिविरबाट ३०० भन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन्।

शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले सामान्य चिकित्सा, स्त्री तथा प्रसूति, बालरोग, शल्य-परामर्श, नेत्र तथा दन्त सेवा, मधुमेह परीक्षण, रक्तसमूह पहिचान तथा निःशुल्क औषधि वितरणलगायत सेवा प्रदान गरेको थियो।

कार्यक्रम तारा देवी महतो को प्रमुख आतिथ्यता, संस्थाका अध्यक्ष सुनिल साह को नेतृत्व तथा संयोजक सागर बस्नेत को सक्रियतामा सम्पन्न भएको हो।

संस्थाले समुदायको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने आफ्नो प्रतिबद्धता निरन्तर रहने जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको