रौतहट। रौतहट जिल्ला अदालत मा कार्यरत डिट्ठा लबकुमार सिंह लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग को हेटौडास्थित कार्यालयबाट खटिएको टोलीले उनलाई ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार अदालतको फैसला बमोजिम दाखिला पुर्जी गरी जग्गा फुकुवा गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोप छ।
घुस लिँदै गरेको अवस्थामा मंगलबार करिब पौन ४ बजेतिर अदालत परिसरबाटै उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।









