बर्दिबास। महोत्तरीको बर्दिबासमा आसन्न उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल झनै तातेको छ। दीपक कार्कीको उम्मेदवारीले बजार क्षेत्रमा विशेष चर्चा पाएको छ। डा. सुदिर अग्रवालको प्रस्तावकमा अघि बढेका कार्कीको पक्षमा अहिले चौक-चौकमा समर्थकहरूको सक्रियता बढ्दै गएको देखिन्छ।
डा. सुधीर अग्रवाल महोत्तरी चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष हुन्। उनी यस क्षेत्रका मात्र नभई देशकै प्रमुख व्यापारिक संघ-संस्थामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। साथै, उनी नेपाल सुनचाँदी तथा आभूषण व्यवसायी महासंघका राष्ट्रिय उपाध्यक्षसमेत हुन्। तीनतारे होटल सञ्चालनदेखि ख्यातिप्राप्त सुन व्यवसायीका रूपमा सफल छवि बनाएका अग्रवालको समर्थनले कार्की प्यानललाई थप मजबुत बनाएको बजारमा चर्चा छ।
व्यापारी समुदायबीच आफ्नो प्रभाव विस्तार गर्दै आएका कार्कीको नाम अहिले बर्दिबास बजारमा व्यापक रूपमा गुञ्जिरहेको छ। चुनावी सरगर्मी बढेसँगै उम्मेदवारहरूबीच प्रतिस्पर्धा पनि चर्किँदै गएको छ भने कार्कीको टोलीले प्रचार-प्रसारलाई तीव्र बनाएको छ।









