सर्लाही। सर्लाहीसहित विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २५ जनालाई पक्राउ गरेको छ।
जिल्लाको लालबन्दी नगरपालिका-१६ परवानीपुरबाट जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले नगद २ लाख ८४ हजार रुपैयाँ र १८ बुक ताससहित गएराति पक्राउ गरेको हो।
यसैगरी ललितपुर महानगरपालिका-१५ शिव बस्तीस्थित सरस्वती गौतमको घरमा जुवातास खेलिरहेका ९ जनालाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूबाट नगद ३४ हजार २ सय ५० रुपैयाँ र ३ बुक तास बरामद गरिएको छ।
यस्तै राप्ती गाउँपालिका-१ बगासोतीबाट जुवातास खेलिरहेका ५ जनालाई बुधबार दिउँसो पक्राउ गरिएको छ। उनीहरूबाट नगद ३६ हजार ४ सय ५० रुपैयाँ र १ बुक तास बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्रोत: अन्नपूर्ण पोस्ट









