बालेनको अभिव्यक्तिले प्रदेशलाई अधिकार पाउने आशा पलायो : मुख्यमन्त्री यादव


जनकपुरधाम। कृष्णप्रसाद यादव ले जनकपुरधाम मा बालेन्द्र शाह ले दिएको अभिव्यक्तिले मधेश प्रदेशले अधिकार पाउने आशा पलाएको बताएका छन्।

शनिबार बिहान मधेश प्रदेश प्रहरी कार्यालयको व्यारेक तथा भान्छा घर भवन निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री यादवले बालेन शाहले चुनावताका दिएको अभिव्यक्तिले प्रदेशलाई अधिकार प्राप्त हुने अपेक्षा बढाएको बताएका हुन्।

फागुन २१ गते सम्पन्न निर्वाचनको सन्दर्भ उल्लेख गर्दै उनले चुनावी अभियानका क्रममा बालेन शाहले जनकपुरमा ‘काठमाडौं अधिकार माग्न होइन, पशुपति घुम्न आउने’ भन्ने अभिव्यक्ति दिएको स्मरण गरे। उक्त भनाइ सुन्दा आफूलाई खुसी लागेको उनले बताए।

मुख्यमन्त्री यादवले वरिष्ठ नेता बालेन्द्र शाहलाई सम्बोधन गर्दै प्रदेशलाई अधिकार दिनेबारे आएको अभिव्यक्तिको स्मरण गराउँदै भने, “हामीले नमागेरै तपाईंले अधिकार दिन चाहनु भएको छ भने त्यसका लागि धन्यवाद।”

उनले नेपालको संविधान २०७२ जारी भएको लामो समय बितिसक्दा पनि संविधानले प्रदेशलाई दिएको सबै अधिकार पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको गुनासो गरे। “आठ वर्षभन्दा बढी समय बितिसक्यो, तर संविधानले दिएको अधिकार पनि प्रदेशले पूर्ण रूपमा पाएको छैन,” उनले भने, “अब नमागेरै अधिकार दिने कुरा गरिएको छ, त्यसप्रति आशावादी छौं।”

मुख्यमन्त्री यादवले अहिलेको अवस्थालाई असामान्य भन्दै प्रदेश सरकारसँग आफ्नै प्रहरी प्रशासन नहुँदा कार्यसम्पादनमा कठिनाइ भएको उल्लेख गरे। “प्रहरी प्रशासनबिनाको सरकार विश्वमा कतै पनि हुँदैन, तर हाम्रो प्रदेश सरकार त्यस्तै अवस्थामा छ,” उनले भने।

करिब ११ करोड रुपैयाँको लागतमा बन्न लागेको व्यारेक तथा भान्छा घर भवनको शिलान्यास मुख्यमन्त्री यादव र मधेशका गृहमन्त्री फकिरा महतो ले संयुक्त रूपमा गरेका हुन्। कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया लगायतको उपस्थिति रहेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको