महोत्तरी। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत महोत्तरीमा करिब ५२ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ।
इन्द्रदेव यादवका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। हाल मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी तथा बुझाउने कार्य सुरु गरिएको छ।
समन्वय तथा प्रशासनिक प्रक्रिया समयमै पूरा भए आजैबाट मतगणना सुरु हुने उनले जानकारी दिए।
४ लाख ३१ हजार २८२ मतदाता रहेको महोत्तरीमा मतदानका लागि २५८ मतदानस्थल र ५३६ मतदान केन्द्र कायम गरिएको थियो।









