२९ पुस, बर्दिबास। जनता साहित्यिक मञ्च गौरीडाँडा बर्दिबास महोत्तरीको नियमित २०औँ शृङ्खला यस मञ्चका अध्यक्ष शुभेच्छा घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ।
यस कार्यक्रमको सञ्चालन सचिव श्रेया कर्णले गरेकी थिइन् भने उपस्थिति अतिथि लगायत सम्पूर्णलाई मञ्चकी उपाध्यक्ष स्मृति पराजुलीले स्वागत मन्तव्य राखेकी थिइन्।
कार्यक्रममा बोल्दै अतिथि रामचन्द्र पौडेलले विद्यार्थी भाइबहिनीलाई साहित्यमा लाग्ने हौसला प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको यो साहित्यिक मञ्चबाट धेरै विद्यार्थीहरुले जीवन र जगतलाई सूक्ष्म तरिकाले विश्लेषण गर्नुकासाथै जीवनमा आनन्द प्राप्त गर्ने, सोच्ने र बुझ्ने क्षमतामा समेत परिवर्तन आएको महसुस गरेका थिए। कार्यक्रममा शिक्षकहरू प्रविण ढुङ्गाना र प्रल्हाद सिंह लामा अतिथि रहेका थिए।
कार्यक्रममा गीत, गजल र कविता वाचन गरिएका थिए। वाचन गर्नेहरुमा मदन बराल, प्रज्वल गौतम, सौजल साही, आकृष पोखरेल, प्रियतम यादव, अनुकल्प शर्मा ढकाल, सृष्टि वराल, जेनिशा लामा, समीक्षा भण्डारी, प्रतिष्ठा पौडेल, निकी महतो, रोजिना घिमिरे, श्रेया कर्ण लगायतले वाचन गरेका थिए। कार्यक्रममा विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष शुभेच्छा घिमिरेले कार्यक्रममा उपस्थिति अतिथि लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेकी थिइन्। उनले साहित्यिक कार्यक्रममा सहभागी भएर सक्रियताकासाथ निरन्तर लागिरहेका सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेकी थिइन्।









