आशाको दियो बनेको छात्रवृत्ति कार्यक्रम: बर्दिवासमा स्थलगत अनुगमन


३ पुस, बर्दिबास – जीवन राज दाहाल।
शिक्षाको उज्यालो हरेक घरआँगनसम्म पुगोस् भन्ने अभिप्रायसहित पद्म शमशेर खड्का स्मृति प्रतिष्ठान, बर्दिवासले छात्रवृत्ति परीक्षामा उत्तीर्ण विद्यार्थीहरूको घरदैलोमै पुगेर स्थलगत अनुगमन कार्यलाई तीव्रता दिएको छ । महोत्तरीको बर्दिवास नगर अन्तर्गत हात्तीलेट, ब्यङ्गखाडी, डाँडाटोल तथा बिजलपुरा क्षेत्रसँगै बर्दिवास नगरपालिका–४ माइस्थान क्षेत्रमा समेत घरदैलो अनुगमन कार्य सम्पन्न भइसकेको छ ।

प्रतिष्ठानका प्रतिनिधिहरू विद्यार्थीको घरघरमा पुगेर उनीहरूको वास्तविक जीवनपरिस्थितिसँग प्रत्यक्ष साक्षात्कार गरिरहेका छन् । अनुगमनका क्रममा विद्यार्थीहरूको पारिवारिक पृष्ठभूमि, आर्थिक अवस्था, जीवनस्तर तथा शैक्षिक आवश्यकताहरूलाई नजिकबाट अवलोकन गरिँदै छात्रवृत्ति कार्यक्रमलाई अझ न्यायोचित, पारदर्शी र प्रभावकारी बनाउने प्रयास गरिएको छ । यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत छनोटमा परेका विद्यार्थीहरूले कक्षा ११ र १२ सम्म निशुल्क शिक्षा प्राप्त गर्ने सुनिश्चित व्यवस्था गरिएको छ ।

प्रतिकूल आर्थिक अवस्थाबीच पनि अध्ययनप्रति दृढ लगाव र उत्कृष्टता देखाएका विद्यार्थीहरूलाई उच्च शिक्षातर्फ उन्मुख गराउने उदात्त उद्देश्यसहित प्रतिष्ठानका अध्यक्ष विष्णु बहादुर खड्काले आफ्ना स्वर्गीय आमाबुवाको स्मृतिमा यस प्रतिष्ठानको स्थापना गरेका हुन् ।

मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र शैक्षिक समानताको भाव बोकेको यो पहलले बर्दिवासका विपन्न परिवारका विद्यार्थीहरूका लागि आशाको दियो बनेर उज्यालो फैलाउनेछ ।

तस्वीरहरू :

तस्वीर : रामजी कुमार भुजेल


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको