विजयादशमीमा पेट्रोलियम पदार्थ आपूर्ति नियमित हुने निगमको जानकारी


काठमाडौं। नेपाल आयल निगमले आगामी विजयादशमीका समयमा पेट्रोलियम पदार्थको आपूर्ति तथा वितरण सहज बनाउन विशेष व्यवस्था मिलाइएको जनाएको छ।

निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै सबै उपभोक्तालाई इन्धन आपूर्तिबारे कुनै समस्या नपरोस् भन्ने उद्देश्यले असोज १२ गतेदेखि १७ गतेसम्मका लागि विभिन्न क्षेत्रका प्रमुख शाखा कार्यालय तथा डिपोहरूमा सम्पर्क व्यक्तिहरू तोकिएको जानकारी दिएको हो।

यस अवधिमा पेट्रोलियम पदार्थ आपूर्ति तथा वितरणसम्बन्धी कुनै समस्या परेमा तोकिएका सम्पर्क व्यक्तिहरूलाई सम्पर्क गर्न सकिने निगमले जनाएको छ।

सम्पर्कका लागि तोकिएका शाखा कार्यालयहरूमा विराटनगर, जनकपुर, पोखरा, नेपालगञ्ज, सुरखेत, धनगढी, चारआलि, बुटवल, भैरहवा, वीरगञ्ज र वाडका कार्यालय तथा डिपो प्रमुखहरूलाई जिम्मेवारी तोकिएको छ।

निगमले पेट्रोलियम पदार्थ आपूर्ति तथा उपलब्धतामा केही समस्या देखिएमा तत्काल निगमको केन्द्रीय कार्यालय वा तोकिएका सम्पर्क व्यक्तिसँग सम्पर्क गर्न आग्रह गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको