माधव पौडेल-
कुरो २०६५ साल तिरकै होला, ठ्याक्कै मिति र समय त नोट गरीएन । म कार्यरत संस्थाले सरोकारवाला निकायहरुको परीयोजना अनुगमन कार्य क्रम राखेको थियो । अनुगमन कार्यक्रमको लागि सरोकारवाला निकायका प्रतिनिधि सहित पत्रकारहरुको पनि अनिवार्य सहभागिता थियो ।
त्यस क्रममा हाम्रो परीयोजनाको संयोजक नवराज घिमिरे सरले पत्रकारको लागि लालगढका कृष्णहरी घिमिरे भन्ने हुनुहुन्छ वहाँ लालगढ अस्पतालमा पनि कार्यरत हुनुहुन्छ वहालाई वोलाउ भन्ने सल्लाह भयो र सोहि सल्लाह वमोजिम नवराज सरले नै वहाँको नम्वरमा सम्पर्क गरी कार्यक्रममा वहाँको सहभागिता गराईयो । कार्यक्रम सम्पन्न भयो अव कार्यक्रमको समाचार लेख्नुपर्ने थियो । जो पत्रकार भएर जानुभएको थियो वहाँले समाचार लेख्न नभ्याउने संस्थाले नै समाचार लेखेर दिनुहोला भनेर भनेपछि नवराज सरले मलाई नै समाचार लेखेर नवसुसेली साप्ताहिकमा पढाईदिनु भन्नुभयो ।
जिवनमा पहिलोपटक समाचार लेख्ने मौका मैले त्यहि पाएको हुँ त्यो पनि आफ्नै कार्यक्रमको । मैले लेखेको समाचार देखेर उक्त पत्रिकाका सम्पादक कृष्णहरी घिमिरेले तपाईले त राम्रो समाचार लेख्नु हुदो रहेँछ मैले नवसुसेली साप्ताहिक चलाईराखेको छु म आफु जागीरे भएकोले समय दिन नसकेको हूदाँ सहयोग गर्नु भन्नुभयो र मलाई सम्वादाताको रुपमा पत्रिकामा नाम नै लेखेर शुरुवात गराउनु भयो ।
त्यो कुरा जव हाम्रै भान्जाहरु विमल, विजय र विनयले थाहा पाए । उनिहरुले पनि हेटौडावाट प्रकाशन गरेर वर्दिबासलाई प्रमुख थलो वनाई सफल नेपाल साप्ताहिक संचालन गरीरहेका थिए । मामा तपाईलाई हामि प्रमुख भूमिकामा लेखनको जिम्मा दिन्छौ नवसुसेलि साप्ताहिक निरन्तरता पनि छैन हामि निरन्तर पत्रिका चलाईरहेका छौ । त्यसपछि मलाई उक्त अफर ठिक लाग्यो र केहि महिना भित्रै म सफल नेपाल साप्ताहिकमा आवद्ध भए ।
त्यो समयमा वर्दिबासको क्रान्तिकारी पत्रिकाको उपमा पाएको सफल नेपालले वर्दिवास खानेपानि समितिको त्यो वेलाका वेथिति निडर भएर प्रकाशित गर्यो साथै प्रवेशिका परिक्षामा संस्थागत चोरीलाई पनि जस्ताको तस्तै पाठक माझ प्रस्तुत गर्यो भने मुख्य रुपमा युनिटि लाईफको वारेमा मूलधारे मिडियामा आएपनि स्थानिय मिडियाले लेख्ने हिम्मत गरेको थिएनन् तर सफल नेपालले युनिटि काण्ड पनि पर्दाफास गरेपछि पत्रिका धेरैको आखाँको तारो वनिसकेको थियो । वर्दिवासवाट मात्र प्रकाशित हुने भए विभिन्न तत्वलागेर वन्द गराउने थिए तर पत्रिका हेटौडावाट छपाई भएर वितरण मात्र वर्दिवासमा हुने भएको हुँदा त्यो कार्य गर्न यहाँ सम्भव भएन र पत्रिकाको क्रान्तिकारी रुप निरन्तर रह्यो ।
पत्रकारीता गरिसकेपछि कि पुर्णरुपमा गर्नुपर्यो या त केहि सम्झौतामा चल्नुपर्ने वाध्यता आईलाग्यो । सवै संग दुश्मनि साधेर उनिहरुका गलत विषयहरु उठान गर्दा आफ्नो व्यक्तिगत जिवन संग धेरै सम्झौता गर्नुपर्ने भएपछि म उक्त पत्रिकावाट विस्तारै ओझेल परे र आफ्नो लेखनको वानिलाई रोक्न नसकि नागरीक, तथा कान्तिपुर लगाएतका राष्ट्रिय पत्रिकाहरुमा यहाँका वेथितिहरुलाई उजागर गर्दै लगे ।
त्यो वेला सम्म वर्दिवासमा संचारका धेरै क्षेत्रहरु खुल्ला भईसकेका थिए जस्मा एफ एम रेडियोहरुको वाढि नै आएको थियो । एफ एम रेडियो मार्फत पनि आफ्ना विषयहरु राख्न सकिने भएपछि साथिभाईहरु संगको साझेदारीमा वसन्त योगी, देवराज पन्त, निकेश खनाल, विनोद ढुंगेल लगाएतका साथिहरुसंगको सहकार्यमा कार्यक्रमहरु समयलाई मिलाएर आंशिक समय दिन थालियो र पुर्णकालिन पत्रकारीतालाई विट मारेर आक्कल झुक्कल पत्रकारीतालाई अंगालियो ।
यसैक्रमलाई निरन्तरता दिदै गर्दा मित्र निकेश खनालले अनलाईन न्युज पोर्टल आज्ञा खवर शुरु गर्नुभएको रहेछ सोहि समाचार पोर्टलमा आफ्ना विचारहरु प्रकाशित गरीरहेको थिए ।
पत्रकार महासंघ र सदस्यता
पत्रकारीताको विभिन्न कालखण्डमा पत्रकार महासंघको सदस्यता हुन मन भने नभएको होईन । शुरुका समयमा महोत्तरी पत्रकार महासंघमा १२ जनावाट १३ जना नवनाउने सिन्डीकेटमा हामि परेकै हो र उत्तर तर्फका साथिहरुलाई सदस्यता नदिने चलन त्यो समयमा अत्यधिक थियो । तेसो भए हामिले काम गरेको साप्ताहिक सिन्धुली जिल्लामा दर्ता भएको हुँदा सिन्धुलीवाट सदस्यता लिने पहल नगरीएको होईन त्यो जिल्लामा पनि पार्टिगत राजनितिकवाट नआउनेको लागि सदस्यता पाईएन र सदस्यता लिन नपाएपछि च्याप्टर नै वन्द गरेर वसियो ।
लगभग १ वर्ष अगाडि होला आज्ञाखवर तथा सुनगाभा एफ एम मा आवश्यकताको आधारमा सहयोग गर्दै आईरहेको अवस्थामा फेरी जिल्लामा पत्रकारको लागि सदस्यता आव्हान गरीयो रे सदस्यता आवेदन दिने भन्ने सल्लाह पछि म लगाएत, राधाकृष्ण भाई, आरति वुढाथोकि तथा यसोधा वहिनि लगाएत हामि ४–५ जनाले सदस्यताको प्रक्रियाको लागि आवश्यक पर्ने सम्पुर्ण प्रक्रिया पुरा गरी सदस्यता शुल्क रु. एक हजार रुपैया सहित (सदस्यता वापत वुझाएको रकमको रसिद पाउने हो वा होईन मलाई थाहा भएन) त्यो वेलाका महासंघ महोत्तरीका अध्यक्ष हेम कुमारी (सुनिता) वराल मार्फत फर्म वुझाएका थियौ । त्यो समयमा वुझाएका मध्ये मेरो वाहेक वाकिँ सवैको सदस्यता पास भयो र उनिहरुको नाम प्रकाशित पनि भयो । उक्त समयमा नि मलाई खासै दुख लागेन पत्रकार शुद्धिकरण अभियान चलेको थियो म पत्रकार वन्न लाएक रहेनछु भनि चिक्त वुझाए ।
त्यसपछि मलाई कुनै चासो पनि भएन । तर पत्रकार महासंघको सदस्य हुन स्थायि सरकारि जागिरे र पािर्टको पनि जिम्मेवार पदमा वसेकोले नहुने भन्ने वुझे तर म कुनै सरकारी स्थायि जागिरे पनि होईन र पार्टिमा पनि क्रियाशिल सदस्य वाहेक कुनै पदमा छैन तसर्थ योग्य चै रहेछु र अयोग्य वनाइए छ जस्तो मात्र लागेको हो । जव हिजो पत्रकार महासंघमा सदस्यता नविकरण तथा थप सदस्यहरुको नामलिस्ट हेरे अनि आफैले आफैलाई प्रश्न गरे कि पत्रकारको शुद्धिकरण त राम्रो संग भएको रहेछ ।
धन्न भगवानको कृपाले मेरो नाम छाटिएकोमा गर्वले छाति चौडा वनाएर गैर पत्रकार भनेर हिड्न पाए र धेरैले मेरो यो गर्वलाई गर्विलो तरिकाले स्यावास भन्नेछन् । यसै गरी सदस्यता वाडेर राजनिति गर्दा मात्र पत्रकारको हकहित स्थापित हुनेकुरामा चै विश्वस्त हुन सकिने हो भने कसैलाई किन चित्त दुखाई हुनु यसैलाई स्वागत गरौ नयाँ सदस्यहरुलाई स्वागत गर्दै पत्रकार महासंघको सदस्य हुन योग्य नभएका हामिजस्ता र पहिलो नामावालि प्रकाशितमा परेर पनि अहिलेकोमा छुटाईएका साथिहरु वाहिरै वसेर नि काम गरेर देखाए भैहाल्यो नि, होईन र ?