
अमेरिका, जेठ २६ । आईसीसी टी२० विश्वकप २०२४ को पन्ध्रौ खेलमा श्रीलंकाद्वारा १२५ रनको लक्ष्य पाएका बंगलादेशले ८विकेट गुमाएर १९ओभरमै बंगलादेश २ विकेटले जित हासिल गरेका छन् । बंगलादेशले समूह डी मा २ महत्वपूर्ण अंक जोडेको हो ।
१२५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाएर जित हासिल गरेका छन्पू । तौव्हीद ह्दोयले २० बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४० रन बनाए । लिटन दासले ३८ बलमा २ चौका र १ छक्कासहित ३६ रन बनाए । महमुदूल्लाह रियाद १३ बलमा १ छक्कासहित १६ रनमा नट आउट रहे । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
श्रीलंकाका तीव्र गतिका बलर नुवान थुषाराले ४ ओभरमाच १८ रन खर्चेर ४ विकेट लिएपनि जित दिलाउन सकेनन् । वानिन्दु हसरंगाले २, धनन्जय डि सिल्भा र मथिशा पाथिरानाले १–१ विकेट लिए ।
त्यसअघि डालस स्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरका ९ विकेट गुमाउँदै १२४ रन बनाएको थियो ।
ओपनर पाथुम निसांकाले २८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए । कुशल मेन्डिस १०, कामिन्दु मेन्डिस ४, धनन्जय डि सिल्भा २१, चरिथ असलंका १९ र दासुन शानकाले ३ रन बनाए । एन्जिलो म्याथ्युजले १९ बलमा १६ रन बनाए ।
बंगलादेशको जितमा लेग स्पिनर रिशाद हसनले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । मुश्ताफिजुर रहमानले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए । तास्किन अहमदले २ तथा तान्जिम हसन साकिबले १ विकेट लिए । समूह डी को पहिलो खेलमा श्रीलंका दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो । नेपालले बुधबार श्रीलंकासँग खेल्नेछ । नेपाल पहिलो खेलमा नेदरल्याण्डसँग पराजित भएको थियो ।