काठमाडौँ, जेठ १२ । काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेलामा आवश्यकताभन्दा बढी आवेदन आएपछि विद्यालय र क्याम्पससँगको सहकार्यमा तालिम उपलब्ध गराउने भएको छ । २०८१ को शुरुवातमा महगरले २ हजार ८११ जनालाई सीपमूलक तालिम दिई स्वरोजगार, रोजगारी , ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ’ तालिम दिने लक्ष्य राखेको थियो ।
काठमाडौं महानगरपालिका सामाजिक विकास विभागका कार्यवाहक प्रमुख विमला कोइरालाले भनेअनुसार तोकिएको संख्याभन्दा बढी आवेदन परेपछि शैक्षिक संस्थासँगको सहकार्यमा तालिम दिने योजना रहेको बताउनुभयो । महानगरले वैशाख १९ गतेदेखि सीप मेला सुरु गरेको छ ।
मेलामा आवेदन दिने ६० हजारभन्दा मागजात पूरा भएको छ । तत्काल २ हजार ८१ जनालाई तालिम दिने र अरुका लागि पनि छिट्टै कार्यक्रम घोषणा गरिने कोइरालाले बताउनुभयो ।