क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम


काठमाडौं, जेठ ९ । आर्थिक कूटनीति अन्तर्गत क्यानाडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरियो ।

ओटावास्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा अलबेर्टाको प्रान्तीय सरकारका प्रमुख सचेतक एवं आर्थिक विकाससम्बन्धी संसदीय कार्यालयका सचिव साने गेत्सन र एडमन्टन सहरका प्रमुख, यात्रा व्यवस्थापन गर्ने कम्पनी, पत्रकार, पर्यटनमा मात्र केन्द्रित रहेर लेख्ने ‘ब्लगर’, गैरआवासीय नेपाली सङ्घका पदाधिकारीको उपस्थितिमा कार्यक्रम भएको थियो।

सो अवसरमा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले कला, संस्कृति, परम्परा, रहनसहन, प्राकृतिक सौन्दर्य, जैविक विविधता, विशाल हिमशृङ्खला र पाहुनालाई सँधै सत्कारमा रमाउने नेपालीको देश हरेक उमेर समूहका लागि आकर्षकको केन्द्र भएको बताउँदै एकपटक नेपालको भ्रमण गर्न आह्वान गरेको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ।

अलबेर्टाको प्रान्तीय सरकारका प्रमुख सचेतकले आफ्नो प्रान्तमा कार्यक्रम आयोजना गरेकोमा नेपाली दूतावासप्रति आभार व्यक्त गर्दै पर्यटनको क्षेत्रमा एडमन्टन सहर र नेपालबीच सहकार्यको प्रशस्त सम्भावना रहेको बताए । उनले कार्यक्रममा सहभागीहरुलाई नेपाल भ्रमण गर्न आग्रह गरे ।

कार्यक्रममा नेपालका प्रमुख पर्यटकीय गन्तव्य क्षेत्रहरूको भिडियो प्रस्तुतीकरणका साथै चिया, कफी, पश्मिना सल आदि नेपाली उत्पादनका हस्तकलाको प्रदर्शनीमा राखिएका थिए। नेपाली कलाकारको एक टोलीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको