काठमाडौं जाँदै गरेको माइक्रो कुरिनटारमा टिपरसँग ठोकिदा १३ जना घाइते


चितवन, जेठ ८ ।     चितवनमा माइक्रो बस र टिपर ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान चितवनको इच्छाकामना–४ कुरिनटारमा मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको बा४ख ६४१७ नम्बरको टिपर एक आपसमा ठोक्किएको हो ।

दुई जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १२ जनालाई नयाँ मेडिकल कलेज भरतपुर र एकलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

माइक्रोबस ओभरटेक गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि केही समय अवरुद्ध भएको राजमार्ग खुला गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको