देशभर गर्मी बढेकोबढ्यै,’अधिकतम तापक्रम ४० डिग्रीमाथि’


काठमाडौँ, जेठ ४ ।  नेपालमा मनसुन गतिविधि सक्रिय हुनुअघि नै गर्मी लगातार बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका केही स्टेशनहरूमा तापक्रम ४० डिग्रीभन्दा माथि मापन गरिएको छ । वर्षाको प्रणाली नरहेको र स्थानीय र पश्चिमी वायुको प्रभावले तापक्रम बढेको महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

तराई क्षेत्रको तापक्रम ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको र अझै बढ्न सक्ने उहाँले जानकारी दिनुभयो । “तापमान निरन्तर बढिरहेको छ। बिहीबार देशका आठ वटा स्टेशनको तापक्रम ४० डिग्री पुगेको थियो । अहिले पनि तीनरचार स्टेशनमा ४० डिग्री तापक्रम कटेको देखिएको छ । तराईका लुम्बिनी र सुदूरपश्चिम जिल्लामा तापक्रम निरन्तर बढिरहेको उहाँले भन्नुभयो ।

कपिलवस्तुको तौलिहवा, नेपालगन्ज, बाँकेको खजुरालगायत स्थानमा तापक्रम ४० डिग्रीले कटेको मौसमविद् मानन्धरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पूर्वमा बादल छ, तर पश्चिममा बादल छैन, त्यसैले गर्मी बढ्ने देखिन्छ । मौसमविद् मानन्धरका अनुसार नेपालमा सन् १९९५ जुन १६ मा ४६ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । तापक्रम अहिलेसम्मकै उच्च हो । काठमाडौँमा सन् ७ मे १९८९ मा अधिकतम तापक्रम ३६ दशमलव ६ डिग्री पुगेको थियो ।

काठमाडौं उपत्यकामा विगत तीन दिनदेखि गर्मी बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको तापक्रम ३१ देखि ३३ डिग्रीको हाराहारीमा मापन गरिएको छ । महाशाखाको अनुसार यस वर्ष औसत र औसतभन्दा बढी वर्षा हुनेछ । यस वर्ष जुन १३ अर्थात् जेठ ३१ बाट नेपालमा मनसुन प्रवेश गर्ने अनुमान गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको