
काठमाडौँ, जेठ ४ । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार उच्च विन्दुमा पुगेको सुनको भाउ आज सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ ।
त्यस्तै, बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ३ सयमा कारोबार भए पनि आज रु १ लाख ३८ हजार ६५० रुपैयाँमा कायम भएको छ ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १ हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ १ हजार ८ सय रुपैयाँमा तोकिएको छ ।