हुरीबतासले उडायो विद्यालयको छाना


बैतडी, जेठ ३ । बैतडीको एक विद्यालयको भवनको छाना हुरीबतासले उडाएको छ । बुधबार साँझ जिल्लाको सुर्नया गाउँपालिका–२ चिल्लेपानीमा रहेको सरस्वती आधारभूत विद्यालयको भवनको छाना हावाहुरीले उडाएको छ ।

विद्यालयका प्रधानाध्यापक धीरबहादुर चन्दअनुसार हावाहुरीले विद्यालयको पाँचकोठे भवनमा रहेको दुईवटा कोठाको छाना पूर्णरुपमा उडेको छ । उनका अनुसार बाँकी तीन कोठाको छानामा पनि आंशिक क्षति पुगेको छ ।

हावाहुरीका कारण विद्यालयको भवनको छाना उडाएपछि पठनपाठनमा समस्या भएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयमा दुई कोठाको कार्यालय भवन र पाँच कोठाको मात्रै भवन रहेको प्राध्यापक चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा ५२ विद्यार्थी अध्ययनरत छन् । छत मर्मत नभएसम्म पठनपाठनमा समस्या हुने उनको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको