डेटा सकिएपनि अब ब्यालेन्स नकाटिने, ‘एनसेलको अन प्लान’


काठमाडौँ, जेठ २ ।  डेटा सकिएपनि अब ब्यालेन्स नकाटिने निजी क्षेत्रको दूरसञचार सेवा प्रदायक कम्पनी एनसेलले सधै अन प्लान सार्वजनिक गरेको छ ।

कम्पनीले सधैं अन प्लान अन्तर्गत आधारभूत, उत्कृष्ट र अनलिमिटेड प्लानहरू ल्याएको छ। एनसेलले फाइनजी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याए‌को जनाएको छ ।

सधै अनुको मुख्य औचित्य भनेको ग्राहकहरूलाई आफ्नो ब्यालेन्स खतम हुने डर नगरी डेटा सधै अन गर्न सक्ने छन् । यो योजन प्रिपेड ग्राहकहरूका लागि समेत रहेको छ । एनसेलको ‘सधै अनु अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरि ३ वटा समुहमा ८ वटा विभिन्न आकर्षक प्लानहरु संचालनमा ल्याएको छ ।

यसमा ७ दिनको समर्यासमा हरेको रु ९८ बाट सुरु हुने प्याक देखि २८ दिन समयावधि रहेको रु १४९९ पर्ने सम्मको विभिन्न प्लानहरु रहेका छन्। हरेक प्लानमा डेटा, बल नेपाल कल टक टाइम र अल नेपाल एसएमएसको बण्डलिङ्ग रहेको छ र यी प्लानहरु ग्राहकलाई विद्यमान शुल्क भन्दा दुई गुण्ण मस्तो शुल्कमा उपलब्ध हुन्छ ।

यसका साथै ‘सधै अनु सुचारु गर्नुहुने ग्राहकले सामाजिक सञ्जाल प्रयोगको लागि निःशुल्क डेटा पनि प्राप्त गर्दछन्। उदाहरणकालागि यदि कुनै ग्राहकले रु ९९ को बेसिक प्लान सुचारु गरेमा ग्राहकले २ जीबी डेटा, १ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो ७ दिनको लागि मान्य रहनेछ ।

त्यस्तैगरी रु ४९९ को बेस्ट प्लान सुचारु गर्ने ग्राहकले १२ जीबी डेटा, ५ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४४९ मिनेट अल नेपाल कल टक टाइम र ४४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो २८ दिनको लागि मान्य रहनेछ । आफ्‌नो आवश्यकता अनुसार धेरै डेटा तथा टक टाइम प्रयोग गर्ने ग्राहकका लागि एमसेलले ठूलो भोलुम भएको डेटा र अनलिमिटेड अन नेपाल कल टक टाइम रहेको प्लानहरु पनि ल्याएको छ।

उदाहरणका लागि यस प्लान अन्तर्गत र १४९९ को प्याक सुचारु गर्ने ग्राहकले १०० जीबी डेटा, १५ जीबी निःशुल्क सोसल मिडिया डेटा र अनलिमिटेड अन नेपाल कल टक टाइमको सुविधा लिन पाउँछन् । यो प्याक अन्तर्गतको सेवाहरु २८ दिनको लागि मान्य रहन्छ। ग्राहकले *123#१ डायल गरि सजिलै अनुसार कुनै पनि ‘सधै अनु प्लान लिन सक्छन् ।  iCT समाचार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको