लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गरे गोली प्रहार


काठमाडौँ, जेठ १ ।   लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले मोरङमा गोली प्रहार गरेको छ।

रतुवामाई नगरपालिका वडा नं ६ कडुपर्डा सडकबाट मंगलबार एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी गोविन्द थपलियाले जानकारी दिए ।

पक्राउ पर्ने व्यक्ति भारत विहार किसनगञ्जका ४८ वर्षीय भगीरथ हरिजन हुन्।

लागुऔषध कारोबारी आउँदै गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

‘प्रहरीसँगको मुठभेडका क्रममा प्रहरीले गोली चलाएको छ,’ एसएसपी थपलियाले भने, ‘उनी मोटरसाइकलमा थिए , प्रहरीले पक्राउ गर्न खोज्दा उनले प्रहरीलाई घिसारेका थिए ।

उनलाई पक्राउ गर्न प्रहरीले दुई राउण्ड फायर गरेको हो। उनको दाहिने खुट्टामा चोट लागेको एसएसपी थपलियाले बताए ।

उनको साथबाट प्रहरीले करिब १५८ थान खैरो हेरोइन बरामद गरेको छ । प्रहरी सहायक निरीक्षक नवीन शाहीको औंलामा सामान्य चोट लागेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको