
जेठ १ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार प्रधानमन्त्री मोदीले वाराणसीको जिल्ला मजिस्ट्रेटको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।
वाराणसी पुग्नु साथ उनले दशाश्वमेध घाट र काल भैरव मन्दिरमा पूजा गरे।
यस अवसरमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, केन्द्रीय मन्त्रीहरू र १२ राज्यका मुख्यमन्त्रीहरू प्रधानमन्त्री मनोनयन कार्यक्रममा उपस्थित थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक वाराणसीबाट चुनाव लड्दै छन् । यसपटक कांग्रेसले अजय रायलाई उम्मेदवार बनाएको छ ।