
काठमाडौँ, बैसाख ३१ । दैलेखको दुल्लुमा ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
दुर्घटनामा परी घाइते भएका ६ जनामध्ये थप २ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
बिजलुीको पोल बोकको भे.१ त ८९६ नम्बर ट्रयाक्टर दुल्लु नगरपालिका –६ घडास्थित भित्री सडक खण्डमा आइतबार दुर्घटनामा परेको थियो।
दुर्घटनामा दुल्लु नगरपालिका–६ बस्ने ५५ वर्षीय मानबहादुर रावलको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा परी दुल्लु ६ खच्छगैराका ५६ वर्षीय कमारो रावल र ट्याक्टर चालक २५ वर्षीय कमल शाहीको सुर्खेतको कालागाउँ अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालले दिएको जानकारी अनुसार पोलको तौल सन्तुलित नहुँदा ट्र्याक्टर दुर्घटना भएको हो ।