काठमाडौँ, बैसाख ३१ । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला एक लाख ३८ हजार ४ सयमा कारोबार भएपनि आजका लागि तोला १ लाख ३८ हजार १ सय रुपैयाँ कायम भएको छ ।
यस्तै तेजाबी सुन आइतबार एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएपनि आजका लागि १ लाख ३७ हजार ४५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १७२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७१५ रुपैयाँमा कायम भएको छ ।










