बाँकेको हर्बल उद्योगमा आगलागी


काठमाडौँ, वैशाख ६ गते ।

बाँकेको हर्बल उद्योगमा आगलागी भएको छ ।

जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिमा बिहीबार बिहान ७ बजे आगलागी भएको बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए ।

उद्योग बाहिर सल्लाको काठ थुपारिएको गोदाममा आगलागी भएको उनले बताए। मुख्य गोदाम सुरक्षित रहेको डीएसपी डाँगीले जानकारी दिए ।

अहिले आगो निभाउने काम भइरहेको उनले बताए ।

आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । करिब ९० प्रतिशत आगो नियन्त्रणमा आएको उनले बताए ।

आगो निभाउन बाँके र बर्दियाका ११ वटा दमकल प्रयोग गरिएको र भारतबाट पनि दमकल ल्याइएको डिएसपी डाँगीले जानकारी दिए ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको र आगो नियन्त्रणमा आएपछि भौतिक क्षति भएको थाहा पाएको उनले बताए ।

विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ

(सेतोपाटि)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको