बुद्धचित्तको रुख काटेको घटनामा थप एक जनालाई नियन्त्रणमा


काठमाडौं, वैशाख २ गते ।

काभ्रेमा बुद्धचित्तको रुख काटेको घटनामा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डीएसपी राजकुमार श्रेष्ठका अनुसार घटनाबारे सोधपुछका लागि शनिबार राति एक जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई सोधपुछका लागि हिरासतमा राखेका छौं । घटनामा कसैको संलग्नता नभएको छानबिनपछि थाहा होला,’ उनले भने ।

काभ्रेको रोशी गाउँपालिका–५ नागबेलीस्थित शेरबहादुर तामाङको बारीमा रहेको बुद्धचित्तको रुख शुक्रबार बिहान करिब १ बजे काटिएको थियो ।

१५र२० जनाको अज्ञात समूहले बुद्धचित्तको रुख काटेर घरको आँगनमा चारवटा सकेट बम राखेको थियो ।

त्यो रुखमा फल्ने बुद्धचित्तका दाना तीन करोड रूपैयाँमा बिक्री गरिएको थियो ।

शेरबहादुरले सन्दीप त्रिपाठीसँग वार्षिक तीन करोड रुपैयाँ पाउने सम्झौता गरेका थिए ।

रुख काटिएको दिन शेरबहादुर काठमाडौंमा थिए ।

प्रहरीले शुक्रबार सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिएको थियो ।

उक्त व्यक्तिमाथि पनि सोधपुछ भइरहेको र शनिबार राति अर्का एक जनालाई पनि नियन्त्रणमा लिइएको डिएसपी श्रेष्ठले बताए ।

(सेतोपाटि)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको