
काठमाडौं, चैत २६ गते ।
नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ६ सय रुपैयाँले बढेको छ ।
आइतबार सुन प्रतितोला १ लाख ३५ हजार ६ सयमा कारोबार भएपनि आजको लागि प्रतितोला १ लाख ३६ हजार २ सयमा कारोबार भएको छ ।
तेजाबी सुन तोलामा एक लाख ३५ हजार ५ सय ५० तोकिएको छ । आइतबार तेजावी सुन तोला १ लाख ३४ हजार ९५० मा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ६ सय ८५ रुपैयाँमा तोकिएको छ ।
(nepalpress)