जसपा सांसद मञ्जु शर्मा अन्सारीको निधन


काठमाडौँ, चैत ४ गते ।

जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधि सभा सांसद सांसद मञ्जु शर्मा अन्सारीको निधन भएको छ ।

अन्सारीको आइतबार बिहान ७ बजेर ५५ मिनेटमा काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको जसपा संसदीय दलका उपनेता नवलकिशोर साह सुदीले जानकारी दिए ।

जसपाले अन्सारीलाई २०७९ चैत १९ गते समानुपातिक रूपमा प्रतिनिधिसभा सदस्य बनाएका थिए ।

समानुपातिक निर्वाचन प्रणालीबाट जास्पाबाट प्रतिनिधिसभा सदस्य रहेका शहनाज रहमानको २०७९ फागुन १३ गते निधनपछि रिक्त भएको स्थानमा अन्सारीलाई सांसद बनाइएको थियो ।

यसैबीच सभामुख देवराज घिमिरे आइतबार सिभिल अस्पताल पुगेर परिवारजनमा शोक व्यक्त गरेका छन्।

२०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरूवात गरेकी अन्सारी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज थिइन्।

उनी जसपाको पोलिटब्युरो सदस्य पनि थिइन् ।

(सेतोपाटी)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको