
धनगढी, फागुन २८ गते ।
धनगढीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँपालिकाका ३५ वर्षीय महेश रानाको सोमबार राति छिमेकीको कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार राति स्थानीय मीनबहादुर चौधरीको घरमा पसेपछि रानालाई कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक बमले जानकारी दिए ।
उनका अनुसार रानाको हत्याको आरोपमा मिनबहादुर चौधरी र उनको दम्पतीसहित पाँच जनालाई पक्राउ गरिएको छन् ।
प्रहरीले मीनबहादुरकी श्रीमती २९ वर्षीया पुनम चौधरी, उनकी छोरी र दुई जनालाई पक्राउ गरिएको छ ।
मृतक राना र उनलाई कुटपिट गर्ने चौधरी दम्पती पनि छिमेकी हुन् ।
राना चौधरीको घरमा पसेपछि उनीमाथि कुटपिट भएको थियो ।
कुटपिटबाट गम्भीर घाइते भएका रानालाई स्थानीयले अस्पताल लगेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
(onlinekhabar)