करेन्ट लागेर कालीकोटमा दुई जनाको मृत्यु


मान्म (कालीकोट), फागुन २६ गते ।

कालिकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

नरहरिनाथ गाउँपालिका–८ का लालुका गाउँपालिकाका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिजा गंगा थापाको आज बिहान करेन्ट लागेर मृत्यु भएको हो ।

नरहरिनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडा अध्यक्ष प्रदीप बोहराले बताए, विद्युत् सबस्टेसनबाट चखा काल्ढुंगा नामक ठाउँमा सबलाइन बिस्तार गर्ने क्रममा विद्युतीय झट्का लागेको कारण मृत्यु भएको हो

‘गाडेको बिजुलीको पोललाई अर्को ठाउँमा सार्न खोज्दा पोलको टुप्पोले विद्युत प्रवाह भइरहेको तारलाई छुँदा करेन्ट लागको हो,’ उनले भने, ुदुवै जनाको घटनास्थलमै मृत्यु भएको बताए ।

मृतक केशवराज थापा स्थानीय मंगलासैनी माध्यमिक विद्यालयको शिक्षक थिए ।

सेतोपाटी 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको