लालबन्दी महोत्सव हेर्न ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा


लालबन्दी, फागुन ११ गते ।

प्रथम लालबन्दी महोत्सवको हिजो बिहीबार मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले उद्घाटन गरेकी हुन् । लालबन्दी महोत्सव हेर्न ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न किसिमका स्टलहरु राखिएको छ ।

त्यसैगरी जनता आधारभुत विद्यालय लालबन्दी–११ हिरापुरका प्रधानाध्यापक पुष्पबहादुर श्रेष्ठले लालबन्दी महोत्सवमा पहिलो दिन विद्यालयका बालबालिकालाई पठनपाठनमा बन्द गराएर गलत प्रयोग गरेका बताए ।

व्यवसाय प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको र महोत्सवमा बालबालिकालाई व्यवसायसँग कुनै सरोकार नभएको उनले बताए ।

विधालयले आयोजना गर्ने विज्ञानका विषयमा प्रदर्शनी भएको भए स्कुले बालबालिकाको सही प्रयोग हुन्थे तर व्यपार गर्ने ठाउमा बालबालिकालाई खेल खेलाउने, नृत्य गराउने यो महोत्सवको मर्म विपरीत काम आयोजकले गरेको प्रधानाध्यापक श्रेष्ठको भनाई छ ।

प्रअ श्रेष्ठले बताए, हरिभवन र नवलपुरका विद्यालयमा हिडाएर लयाउनु, महोत्सवमा बालबालिका भेला हुनु र व्यवसायीको सहभागिता कम हुनु दुःखद् भएको, यो शैक्षिक महोत्सव भन्ने कि व्यपारिक महोत्सव बुझ्नै ग्राहो भयो बताए ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौं, नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशको सहयोग तथा लालबन्दी नगरपालिकाको संरक्षण र उद्योग वाणिज्य संघ लालबन्दीको आयोजनामा महोत्सव सुरु भएको छ। कृषि, पर्यटन, व्यापार, स्वरोजगार र आत्मनिर्भरताको आधार मुल नारा सहित लालबन्दीमा जारी महोत्सव १९ फागुनसम्म संचालन हुने छ।

विभिन्न झाँक्री सहित लालबन्दीको डुमडुमे मन्दिरबाट सुरु भएको र्‍याली लालबन्दी वडा नं. ६ मा रहेको खेलमैदान प्रवेश गरेको थियोे । नेपाल दलित पञ्चे बाजा समुह, सर्लाही जिल्ला फुटवल संघ र क्युसिन करातेलगायत विभिन्न समूहले आ–आफ्नै प्रस्तुती देखाएका थिए।

उद्घाटन समारोहमा प्रदेश सांसद बेची लुङ्गेली, लालबन्दी नगरपालिकाका प्रमुख बाशुदेव अधिकारी, प्रमुख जिल्ला अधिकारी मोमलप्रसाद धमला, सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीलगायतको उपस्थिति थियो । महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजक लालबन्दी उद्योग वाणिज्य संघ लालबन्दीले जानकारी दिएको छ । महोत्सवको आकर्षणका रुपमा विभिन्न खेल तमासा देखाइने छ ।

श्रोत राजधानी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको