चालकले जीप रोकेर पसलमा जाँदा भीरबाट खस्यो


काठमाडौं, माघ २० गते ।

अर्घाखाँचीमा जीप दुर्घटना भएको छ । भुमिकास्थान नगरपालिका–९ मा शनिबार बिहान लु १ ज १६६९ नम्बरको जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी प्रतितसिंह राठौरले जीपमा सवार चारमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताए ।

पसलमा जाँदा चालकले जीप रोकेर न्यूट्रलमा राखेको राठौरले जानकारी दिए ।

उनका अनुसार चालक भूमिकास्थान नगरपालिका–८ का वसन्त खनाललाई नियन्त्रणमा लिइएको छ ।

श्रोत इकागज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको