कृषि उत्पादनमा बृद्धि,बजार व्यवस्थापनमा जोड -: उप प्रमुख महतो


१८ माघ, बर्दिवास । महोत्तरीको बर्दिवास र गौशाला नगरपालिकाका विभिन्न वडाहरुमा सामुदायिक विकास तथा पैरवी मंच नेपाल बर्दिवास महोत्तरी द्धारा सञ्चालन गरेका परियोजनाको आज अनुगमन गरिएको छ ।
सेभ द चिल्ड्रनको आर्थिक सहयोग र सामुदायिक विकास तथा पैरवी मंच नेपाल बर्दिवास महोत्तरीको साझेदारीमा संचालित समुन्नती कार्यक्रम अन्र्तगत बाल संवेदनशील जिविको पार्जन कार्यक्रम अन्र्तगत बर्दिवास नगरपालिकाको उप प्रमुख तारा देवि महतोको अध्यक्षतामा बर्दिवास नगरपालिकाका वडा नं. ७ का वडा अध्यक्ष रामसोगारथ यादव , वडा नंं. १० र ११ का वडा अध्यक्ष अन्य सरोकारवाला व्यक्तीहरु,संस्थाका कार्मचारी लगायत अनुगमन गरिएको हो । अनुमनको क्रममा बर्दिवास वडा नं. ७ को तरकारी खेती, वडा नं. १० र ११ को टमाटर खेती र गौशाला नगरपालिका कुसमारीका बगर खेतीको अनुगमन गरीएको हो ।
त्यस्तै अनुगमन पछि कुरागर्दै बर्दिवास नगरपालिकाकी उप प्रमुख तारादेवी महतोले आफै किशानहरुको समस्या वुझदै अगामि दिनहरुका कृषि उत्पादनमा बृद्धि र बजार व्यवस्थापनका,विभिन्न किसिमको खेतीगर्ने किसानहरुलाई सहज र सुलभ किसिमको सहयोग गर्ने कुरामा सामुदायिक विकास तथा पैरवी मंच नेपाल बर्दिवास महोत्तरीको कर्मचारीहरु संग छलफल गदै नया रनिति बनाउनुपर्ने कुरामा जोड दिएका थिए ।
अनुगमनपछि सञ्चारकर्मीहरु संग कुरा गर्दै सामुदायिक विकास तथा पैरवी मंच नेपालका द्धारा संचालित समुन्नती परियोजना अन्तर्गत बाल संवेदन सिल जिविको पार्जन कार्यक्रमको फिल्ड अफिसर इरफान शेष र फिल्ड सुपरभाईजर संजीब कुमार यादवले बगर खेतीका लागि माटो परिक्षण गरी उत्पादन बृद्धिकामा विभिन्न पालिकाहरु संग समन्वय गरी सिचाईको समेत व्यवस्था गर्ने र बगरमा तरुल, बेसार लगायतका खेतीमा किसानलाई बढी भन्दा बढी आकर्षित गर्नका लागि अगामी दिनहरुमा थप पहल गदै बिशेष योजना तयार पार्ने बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको