कारले गाडी र स्कुटरलाई ठक्कर दिँदा चारजना घाइते


काठमाडौं, माघ १३ गते ।

काभ्रेमा कारले मोटरसाइकल र गाडीलाई ठक्कर दिँदा चारजना घाइते भएका छन् ।

शुक्रबार राति साढे ९ बजे बनेपा बासघारीमा धुलिखेलबाट आउँदै गरेको बा प्र. ०१–२५ च ८४२५ नम्बरको कारले बा ८५ प ६५०६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

स्कुटरलाई ठक्कर दिएपछि अनियन्त्रित कारले बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको बा प्र ०१–२४ च ९४८५ नम्बरको योद्दा पिकअप गाडीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा कार चालकसहित चारजना घाइते भएको काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

स्कुटर चालक काभ्रेको पनौती नगरपालिका–११ का २८ वर्षीय मनोज तामाङ, कार चालक काभ्रेको धुलिखेल नगरपालिका–३ का ४० वर्षीय पारस श्रेष्ठ, त्यसमा सवार काभ्रेको नमोबुद्ध नगरपालिकाकी २२ वर्षीया लक्ष्मी गजमेर र गाडीमा सवार भारत घर भएका २५ वर्षीय जिनु साह छन् ।

कारमा सवार गजमेरको अवस्था गम्भीर रहेको र उनीसहित घाइते सबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

श्रोत सेतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको