मुम्बई, माघ ४ गते ।
टीम इन्डियाका स्टार क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माकी छोरी वामिका तीन वर्षकी भइन् ।
वामिकाले तीन वर्ष पूरा गरे पनि विराट र अनुष्काले छोरीको अनुहार सामाजिक सञ्जालमा सार्वजनिक गरेका छैनन् ।
कोहलीले वामिकाको जन्म भएको केही दिनपछि छोरीको अनुहार नदेखाउनुको कारण बताए । कोहलीसँग एक जना फ्यानले भन्ने वामिकाको अनुहार कहिले देखाउने फ्यानले प्रश्नको जवाफमा विराटले भने ? ”हामी दुवैले वामिकालाई सामाजिक सञ्जाल र उनको रुचिबारे थाहा नभएसम्म सामाजिक सञ्जालमा छोरीको अनुहार नदेखाउने निर्णय गरेका छौं”।
श्रोत कालाकर्मी











