माघ १ गते ।
अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीलाई लिएर फिल्म ‘खुस्मा’ निर्माणको घोषणा गरिएको छ ।
माघे संक्रान्तिको अवसरमा ‘सोमवार’ फिल्मको घोषणा गरिएको थियो । यस फिल्ममा धिरज र उपासना पहिलो पटक एकसाथ काम गर्दैछन् ।
चलचित्रलाई अशोक थापा मगरले निर्देशन गर्दैछन् । थापाले विभिन्न ९ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कृत भइसकेका छन् ।
बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकीको निर्माण रहेको यो चलचित्रको छायांकन दुईवटा शेड्युलमा हुनेछ । ‘खुस्मा’ मा सुरेन्द्र राणा र राम अविरल विष्टको गीतमा एसडी योगीले संगीत दिनेछन् भने चलचित्रको छायांकन दीपक बज्राचार्यले गर्नेछन् ।
चलचित्रमा धिरज र उप्सनाका अलावा अस्तित्त भट्टचन, खडकबहादुर पुन ९खबपु० र अरुण मगरको पनि अभिनय रहनेछ । प्रेमकथामा आधारित ‘खुस्मा’ एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुनेछ ।
फिल्मलाई गोविन्द शाहीको काफिया फिल्म्सले वितरण गर्नेछ ।
श्रोत लोकान्तर











