आयोगले राष्ट्रियसभा निर्वाचनका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरे


पुस २८ गते ।

बिहीबार माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ ।

निर्वाचन आयोगको स्वीकृत कार्यक्रम अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिन्ह उपलब्ध गराएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई आ–आफ्नो दलको निर्वाचन चिन्ह उपलब्ध गराइएको जानकारी दिनुभयो ।

आठ राजनीतिक दलका ५१ उम्मेदवार मैदानमा छन् । यो निर्वाचनका लागि माघ २३ गते उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।आयोगका अनुसार कोशीमा पाँच, मधेशमा पाँच, वाग्मतीमा १५, गण्डकीमा आठ र लुम्बिनीमा छ जना उम्मेदवार छन् ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । सातवटै प्रदेशमा महिलातर्फ १८, दलित समूहबाट पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका आठ र अन्य समूहबाट २० जना गरी जम्मा ५१ जना उम्मेदवार छन् ।

श्रोत setopati


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको