काठमाडौं, पुस २७ गते ।
नेपाल विद्युत प्राधिकरणले काटिएका बिजुलीका लाइन उद्योगहरुलाई जोड्ने निर्णय गरेको छ ।
प्राधिकरणको आज बिहान बसेको सञ्चालक समितिको ९६० औँ बैठकले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत खपत गर्दा बक्यौता रहेका ग्राहकको विद्युत लाइन जडान गर्ने निर्णय गरेको हो ।
यसअघि मन्त्रिपरिषद्को बैठकले लाइन काटिएका उद्योगमा विद्युत लाइन जडान गर्न प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो । यसैगरी, मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको विद्युत् विवाद छानबिन गर्न छानबिन आयोग पनि गठन गरेको छ ।
ऊर्जा मन्त्रालयबाट बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयसम्बन्धी पत्र प्राप्त भएपछि शुक्रबार प्राधिकरणको सञ्चालक समितिको बैठक बसेको थियो ।
मन्त्रिपरिषद् बैठकले गठित छानबिन आयोगको प्रतिवेदन बुझाएपछि नेपाल सरकारले निर्णय नगरेसम्म उद्योगमा विद्युत् लाइन जडान गर्ने निर्णय भएको प्राधिकरणको सञ्चालक समितिका सदस्यले जानकारी दिनुभयो ।
श्रोत onlinekhabar









