राष्ट्रियसभा निर्वाचनः एमालेलाई सिट बाँडफाँड गर्न कांग्रेस–माओवादी सकारात्मक


काठमाडौं, पुस १८ गते ।

नेपाली कांग्रेस र माओवादी केन्द्र आगामी राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेका लागि केही सिट आरक्षित गर्न सकारात्मक छन् ।

मंगलबार र बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकबाट एमाले पनि सिट बाँडफाँडमा आनाकानी गरेको थियो । राष्ट्रियसभामा रिक्त रहेका १९ सांसदमध्ये एमालेका ८ जनाको कार्यकाल सकिन लागेको छ । त्यसका लागि माघ ११ गते निर्वाचन हुनेछ ।

स्थानीय र प्रदेश प्रतिनिधिका अनुसार गठबन्धनका उम्मेदवारले जित्ने सम्भावना बढी छ । राष्ट्रियसभामा सत्तामा रहेका प्रमुख दुई दल एमाले पनि केही सांसदलाई जिताएर समन्वय गर्न सकारात्मक देखिएको छ । दुई पार्टीबीच भएको सहमतिबारे थप छलफल गर्न सत्तारुढ दल संयुक्त समाजवादी र जनता समाजवादी काँग्रेस–माओवादीबीच छलफल हुने भएको छ ।

कांग्रेस–माओवादी छलफलमा सहभागी एक नेताले छलफलपछि मात्र एमालेलाई कति सिट बाँडफाँड गर्ने भन्ने निर्णय हुने जानकारी दिए । ‘एमालेलाई केही सिट बाँडफाँड गर्नुपर्छ भन्नेमा दुई दल सकारात्मक बनेका छन्, जसपा र संयुक्त समाजवादी पार्टीसँग हामीले गरेको छलफलबारे जानकारी गराउँछौं,’ नेताले भने, ‘एमालेलाई कति दिने कुरा गठबन्धनका अन्य दल र एमालेसँग छलफल गरेर निर्णय हुन्छ ।”

सत्तारुढ दलका चार दलको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । सत्तारुढ गठबन्धन र एमालेबीच साँझ ५ बजे बैठक बस्दैछ ।

श्रोत onlinekhabar

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको