मातातीर्थ र फाखेल–फर्पिङ सडक दुई महिनाका लागि बन्द गरिने


मकवानपुर, पुस १५ गते ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भएकाले दुई महिनाका लागि बन्द हुने भएको छ ।

कुलेखानी–हुमने–फाखेल खण्ड र हुमने–मातीर्थ हुँदै काठमाडौंको टेकु जोड्ने सडकको निर्माण तथा स्तरोन्नतिका कारण भोलि (अगष्ट १६ गते) बिहानदेखि फागुन १५ गतेसम्म सवारी आवागमन बन्द गरिने इन्द्रसरोवर गाउँपालिकाले जनाएको छ ।

उक्त खण्ड बन्द भएपछि वैकल्पिक सडकको व्यवस्था गरिएको छ । यातायातका साधनका लागि कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी–दक्षिणकाली र कुलेखानीको कलङ्की हुँदै मार्कु र चितलाङ हुँदै हेटौंडा भीमफेदी हुँदै काठमाडौंको थानकोट पुग्न सकिने गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले जानकारी दिनुभयो । उहाँका अनुसार हेटौंडाबाट आउने हलुका सवारी साधन भने भोलि बिहानदेखि सो खण्डमा वैकल्पिक मार्गका रुपमा चल्ने छन् ।

वैकल्पिक सडकका रुपमा कान्तिलोकपथबाट काठमाडौंको चापागाउँ हुँदै हेटौंडा जाने सवारीसाधन सञ्चालनमा ल्याइने गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिन्नुभयो ।

श्रोत रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको