काठमाडौँ, पुस १२ गते ।
आज सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कांग्रेसका तर्फबाट विभिन्न मन्त्रालयको नेतृत्व गर्ने मन्त्रीहरुले आफूले गरेको कार्यसम्पादन बारे केन्द्रीय समितिलाई जानकारी गराउने एजेण्डा रहेको कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
सोही बैठकमा पार्टीले माघ १६ गते मेलमिलाप दिवस मनाउने, महासमिति बैठकको तयारीलगायतका विषयमा छलफल हुने र त्यसका लागि आवश्यक मापदण्डका विषयमा पनि छलफल हुने विश्वकर्माले बताउनुभयो । राष्ट्रियसभा निर्वाचन र समुदायमा कांग्रेसले प्रचारप्रसार सुरु गरिसकेको छ ।
श्रोत रासस











