दीपेन्द्रलाई लुम्बिनी अल स्टार्सले पुरष्कार स्वरुप १ लाख दिने


काठमाडौं, असोज १० गते।

एसियन गेम्समा मंगोलियाविरुद्धको खेलमा कीर्तिमान बनाएका खेलाडी दीपेन्द्र सिंह ऐरीलाई लुम्बिनी अल स्टार्स क्लबले १ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ।

चीनमा बुधबार भएको खेलमा दीपेन्द्रले ९ बलमा अर्धशतक बनाउँदै कीर्तिमान कायम गरेका हुन्। उनले ६ बलमा लगातार ६ छक्का प्रहार गरेका थिए। उनले १० बलमा ८ छक्कासहित ५२ रनमा अविजित रहेका थिए। र उनले मंगोलियाविरुद्ध ९ बलमा ५० रन बनाएर टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका छन्।

सोही कीर्तिमानका लागि नेपाल प्रिमियर लिग (एनपीएल) टिम लुम्बिनी अर्लस्टार्सले पुरस्कार घोषणा गरेको हो। दीपेन्द्र लुम्बिनी अलस्टार्सका कप्तान पनि हुन्।

लुम्बिनीले एसियन गेम्समा सहभागी नेपाली खेलाडीलाई जनही १० हजार रुपैयाँ दिने पनि विज्ञप्तिमार्फत जानकारी दिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको